काठमाडौं । घुस काण्डमा मुछिएको आरोप लागेकी पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिन सुरु गरेको छ । आज बिहान अख्तियार पुगेर उनले भ्वाइस टेस्ट गराउनुका साथै उक्त प्रकरणमा जोडिएका बिषयामा बयान दिएर निस्किएकी छन् ।
उक्त घुस प्रकरणमा बिचौलिया भनिएका एमालेका कार्यकर्ता सुजन लामा र निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताबीचको लेनदेनमा जोडिएकी श्रेष्ठले अख्तियारमा पुगेर बयान दिएकी हुन् ।
पोखरास्थित लिची बगानको जग्गा व्यक्तिको नाममा लैजान ७८ लाख रुपैयाँ घुसकाण्डमा जोडिएकी श्रेष्ठले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएकी हुन् । उनले घुस लेनदेन र कारोबारका लागि संवाद गरेको म्यासेज पनि अहिले भाइरल भइरहेको छ।


प्रतिक्रिया