सिन्धुपाल्चोक । रसुवामा आएको बाढीका कारण चीनतर्फ नै फसेका २०३ जना नेपालीहरू फर्किएका छन् । बुधबार २०३ जना नेपालीहरू चीनको केरूङ हुँदै तातोपानी नाकामा आइपुगेका हुन् ।
नेपालीहरुलाई मितेरी पुलसम्म चिनियाँ पक्षले ल्याइदिएको थियो भने लिनका लागि सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापासहित सुराक्षा अधिकारीहरु नाका पुगेका थिए ।
मितेरी पुलसम्म चिनियाँ पक्ष ले ल्याएर नेपाली अधिकारीहरुको जिम्मा लगाएको थियो । केरुङमा फसेका २०३ नेपालीहरु २० वटा बसमा आएका थिए । अधिकांश चालक र सहचालकहरु बाढीमा फसेका थिए ।
केरुङमा फसेका नेपालीलाई उद्वारका लागि नेपाल सरकारले चीन सरकारसँग पहल गरेको थियो । ल्हेन्दे खोलामा आएको बाढीबाट असार २४ मा नेपाल-चीन सीमाको रसुवा गढी भन्सारमा ठूलो क्षति भएकाे थियाे ।


प्रतिक्रिया