सञ्चारमन्त्री गुरुङ आज चीन जाँदै

सञ्चारमन्त्री गुरुङ आज चीन जाँदै



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ बिहीबार चीन जाँदै छन् । चीनमा आयोजना हुने ‘वल्र्ड एआई कन्फ्रेन्स इन साङ्घाई’ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन चीन जान लागेका हुन् ।

विश्वका दुई सय मुलुकका मन्त्री यस सम्मेलनमा सहभागी हुने छन् । कार्यक्रम साउन १० देखि १२ गतेसम्म हुने छ ।

सम्मेलनमा भाग लिई साउन १४ गते मन्त्री गुरुङ स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्रीका सूचना प्रविधि सल्लाहकार डा. शालिग्राम पराजुलीले जानकारी दिए ।