काठमाडौँ । वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। राजमार्गहरू अवरुद्ध हुँदा यातायात आवागमन प्रभावित बनेको छ। नेपाल प्रहरीले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लाका ४ वटा मुख्य राजमार्ग अवरोध भएका छन्।
कोशी राजमार्ग, मेची राजमार्ग, नेपाल चीन नाका जोड्ने पुल र जाजरकोट डोल्पा भेरी कुरिडोल सडक खण्ड पूर्ण रूपमा अवरोध भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाढी-पहिरोले अवरुद्ध भएका छ वाट राजमार्ग भने एकतर्फी सुचारु भइसकेका छन्। काठमाडौँ-नुवाकोट सडक खण्ड कालिगण्डकी करी डोर, सहिद राजमार्गहरू एकतर्फी सुचारु भएका हुन्। प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेको बताएको छ।



प्रतिक्रिया