काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल सञ्चालनमा रहेको सिनामंगलस्थित हवाई इन्धन डिपो गुह्येश्वरीमा स्थानान्तरण हुने भएको छ। नेपाल आयल निगमले ६ अर्ब ५४ करोड रुपैयाँ लागतमा नयाँ स्वचालित डिपो निर्माणको विस्तृत योजना सार्वजनिक गरेको छ।
नयाँ डिपो नेपाली सेनाको गल्फ कोर्स क्षेत्र (गुह्येश्वरी) मा निर्माण हुनेछ, जुन आगामी ५० वर्षको हवाई इन्धन माग धान्न सक्ने क्षमताको हुनेछ। डिपोमा पाँचवटा ३ हजार किलोलिटर क्षमताका ट्याङ्की र अग्नि सुरक्षा प्रणालीसहित अत्याधुनिक पूर्वाधार रहनेछ।
हालको डिपो अन्तर्राष्ट्रिय मापदण्ड अनुसार असुरक्षित र विस्तारयोग्य नभएकाले स्थानान्तरण आवश्यक भएको हो। निगमले भदौभित्र बोलपत्र आह्वान गर्ने र मंसिरबाट निर्माण सुरु गरी २०८४ साल मंसिरभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।


प्रतिक्रिया