४७ महिलालाई दिल्ली एयरपोर्टमा पुर्‍याउने व्यक्तिको खोजी गर्न गृहमन्त्री लेखकको निर्देशन

४७ महिलालाई दिल्ली एयरपोर्टमा पुर्‍याउने व्यक्तिको खोजी गर्न गृहमन्त्री लेखकको निर्देशन

एनओसीबिना उनीहरू कुवेत जान लागेका थिए


ग्लोब नेपाल
702
Shares

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेको ४७ नेपाली महिलालाई नेपाल फर्काइएको छ ।

दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका उनीहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही ल्याइएको हो ।

दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलाहरूलाई सुनौली नाका हुँदै रूपन्देही ल्याएर प्रशासनको जिम्मा लगाएको हो ।

यसैबीच गृह मन्त्री रमेश लेखकले पक्राउ परेका महिलाको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् । यो विषयमा गृह मन्त्री लेखकले मानव बेचबिखन ब्यूरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।