मदन भण्डारीले सपथ खुवाएको हो, पार्टीबाट मलाई कसैले निकाल्न सक्दैनः विद्या (विज्ञप्तिसहित)

मदन भण्डारीले सपथ खुवाएको हो, पार्टीबाट मलाई कसैले निकाल्न सक्दैनः विद्या (विज्ञप्तिसहित)


ग्लोब नेपाल
2.8k
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेबाट आफूलाई कसैले निकाल्न नसक्ने बताएकी छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भण्डारीले भनिन, ‘तत्कालीन समयमा मदन भण्डारी मेची–कोशीको इन्चार्ज हुँदा मलाई सपथ खुवाएका हुन, अहिले कसैले पार्टीबाट निकाल्न सक्दैनन् ।’

बबरमहलस्थित कार्की बैंक्वाटमा आयोजित पत्रकार सम्मेलन ऐतिहासिक थियो । सञ्चारकर्मीले भरिभराउ पत्रकार सम्मेलनमा उनले समृद्ध नेपाल र सुखी नेपालीको सपना देखेर मदन भण्डारीले बहुदलीय जनवाद राजनीतिक सिद्धान्त प्रतिपादन गरेको बताइन् । पार्टीको निर्णयअनुसार नै आफूले राष्ट्रपतिको कार्यभार सम्होलेको उनको भनाइ थियो । जिम्मेवारी पूरा भएपछि आफू पुनः समाजसेवामा समर्पित हुन आफ्नो पुरानो मातृ संस्थामा जोडिएको उनको भनाइ छ ।

पत्रकार सम्मेलन भनिए पनि तयार पारिएको विज्ञप्ति उनले पढेर सुनाइन् । त्यसपछि दुईजना पत्रकारको प्रश्नको जवाफ फर्काएपछि उनी उठेर हिडेकी थिइन् ।

विज्ञप्ति जस्ताको त्यस्तै