बैंकक । थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ । थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ । यसअघि बिहीबार बिहान दुवै देशका सैनिकले सीमा क्षेत्रमा एक अर्कामाथि गोली प्रहार गरेका थिए । त्यसबेला एक सैनिकसहित १२ जनाको मृत्यु भएको थियो ।
दुई देशबीचको यो द्वन्द्वको कारण धेरै पुरानो कथासँग जाेडिन्छ । ११०० वर्ष पुरानो शिव मन्दिर ‘प्रेह विहेर’ भनेर चिनिन्छ। यो मन्दिर ९ औं शताब्दीमा खमेर सम्राट सूर्य वर्मनले भगवान शिवको लागि बनाएका थिए। तर, समयसँगै यो मन्दिर आस्थाको केन्द्र मात्र नभएर राष्ट्रवाद, राजनीति र सैन्य शक्तिको अखडा पनि बन्न पुगेको छ ।
२ जुलाई २०२५ मा थाइल्याण्डका प्रधानमन्त्री पैतोंगटार्न सिनावात्रालाई अदालतले निलम्बन गर्यो। कारण थियो एक फोन कल, जसमा उनले कम्बोडियाका एक वरिष्ठ नेतालाई काका भनेर बोलाउँदै थिए। त्यो पनि त्यतिबेला जब सीमामा अवस्था निकै तनावपूर्ण थियो । यो वार्तालाप बाहिरिएपछि जनताले यसलाई राष्ट्रिय स्वाभिमान विपरित ठान्न पुगे । र, केही समयमै यो आह्वान राजनीतिक आँधिमा परिणत भयो र प्रधानमन्त्रीले आफ्नो कुर्सी गुमाउनु पर्यो ।
कम्बोडियाले यो मन्दिर आफ्नो क्षेत्रभित्र रहेको दाबी गरेको छ भने थाइल्याण्डले मन्दिरको केही भाग आफ्नो सुरिन प्रान्तमा पर्ने बताउँछ। वास्तवमा, यो मन्दिर डांग्रेक पहाडमा एक रणनीतिक क्षेत्रमा अवस्थित छ, जहाँ एक पटक ऐतिहासिक खमेर राजमार्ग बनेको थियो, जसले आजको अंगकोर (कम्बोडिया) लाई फिमाई (थाइल्याण्ड) लाई जोडेको छ। यो विवाद विगत दशकहरूमा रोकिएन, बरु समयसँगै चर्कियो। र, अहिले यो विवादले देशको राजनीतिलाई समेत हल्लाएको छ ।
यो विवाद २० औं शताब्दीको सुरुबाट सुरु भएको मानिन्छ। सन् १९०४ मा प्राकृतिक जलविभाजनका आधारमा सीमा निर्माण गर्ने निर्णय भएको थियो । तर फ्रान्सेली उपनिवेशवादीहरूले सन् १९०७ मा तयार गरेको नक्सामा उक्त मन्दिर कम्बोडियामा देखाइएको थियो।
थाइल्याण्डले यसलाई स्वीकार गरेको पनि थियो । तर १९३० मा विरोध गर्यो, जुन धेरै ढिलो भयो र अन्तर्राष्ट्रिय न्यायालयले यो विरोध अस्वीकारसमेत गरिदियो ।
सन् १९६२ मा अन्तर्राष्ट्रिय अदालतले कम्बोडियालाई मन्दिरको अधिकार दिएको थियो । यद्यपि थाइल्यान्डले यो निर्णयलाई पूर्ण रूपमा स्वीकार गरेन र अझै पनि मन्दिरको छेउछाउको क्षेत्रमा आफ्नो दाबी कायम राखेको छ। २००८ मा जब कम्बोडियाले मन्दिरलाई युनेस्को विश्व सम्पदा स्थलमा समावेश गरायो, त्यस यता दुई देशबीचको तनाव झनै बढेको छ ।
२००८–२०११ को बीचमा मन्दिरका लागि धेरै झगडा भएको थियो। २०११ मा त्यहाँ एक हप्तासम्म भारी गोलाबारी भएको थियो, जसमा दुबै देशका सैनिक र नागरिकसहित ४२ जनाको मृत्यु भएको थियो। जसमा कम्बोडियाका १९ सैनिक र ३ नागरिक तथा थाइल्याण्डका १६ सैनिक र ४ नागरिक रहेका छन् ।
मे २०२५ मा स्थिति एक पटक फेरि बिग्रियो। थाइल्याण्डले दाबी गर्यो कि कम्बोडियन ड्रोन निगरानी गतिविधि आफ्नो क्षेत्रमा देखाइएको थियो भड्काउने कार्य थियो। यसपछि दुई देशबीच रकेट फायर र हवाई हमलाको खबर बाहिर आएको थियो । थाइल्याण्डले पनि एफ १६ लडाकु विमानहरू प्रयोग गरेको थियो।
पछिल्ला केही वर्षमा दुई देशबीच तीर्थयात्रीका लागि संयुक्त सम्झौता पनि भएको थियो । तर, मन्दिरको सन्दर्भमा सैन्य शक्तिको प्रदर्शनले दुवै पक्षमा राष्ट्रवादी भावनालाई जन्म दिएको छ ।
फेब्रुअरी २०२५ मा कम्बोडियन सैनिकहरूले मन्दिर क्षेत्रमा प्रवेश गरे र राष्ट्रिय गान गाए र थाई सेनालाई खुला चुनौती दिए। तर, अप्रिलमा दुई देशबीच स्थानीय तहमा सम्झौता भएको थियो । तर, अहिले स्थित पुनः भड्किएकाे छ ।


प्रतिक्रिया