कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउँ गर्‍योः प्रचण्ड

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउँ गर्‍योः प्रचण्ड


ग्लोब नेपाल
351
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघीय निजामती विधेयकमा रहेको कुलिङ पिरियडमा भएको छेडखानीमा अन्तिममा नेकपा एमालेले म्याउँ गरेको आरोप लगाएका छन् ।

काठमाडौंमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले कुलिङ पिरियडमा भएको छेडखानीमा एमाले र यसको नेतृत्व जिम्मेवार रहेको आरोप लगाएका हुन् ।

दाहालले एमालेको नियत नै निजामती विधेयकमा छेडखानी र षड्यन्त्र गर्ने रहेको देखिएको आरोप लगाएका छन् । दाहालले राजनीतिक सङ्कटबारे चर्चा गर्दै कांग्रेस र एमाले दुवै पार्टीमा वैचारिक नेतृत्वको खडेरी रहेको समेत बताए ।