नाउपाको कार्यवाहक अध्यक्षमा शिव बास्तोला

नाउपाको कार्यवाहक अध्यक्षमा शिव बास्तोला



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यवाहक अध्यक्ष शिव बास्तोला भएका छन् ।

अध्यक्ष रञ्जिता श्रेष्ठले वरिष्ठ उपाध्यक्ष बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी हुन् ।

विधानमा अध्यक्षले कार्यवाहक अध्यक्ष तोक्न सक्ने अधिकार रहेकोले त्यसअनुसार कार्यवाहक अध्यक्ष तोकिएको अध्यक्ष श्रेष्ठले बताएकी छन् ।

पोखराका बास्तोला अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरीनिकट मानिन्छन् ।

अध्यक्ष रञ्जिता श्रेष्ठ पोखराको लिचीबारी जग्गासम्बन्धी घुस डिल प्रकरणमा मुछिएकी थिइन् । उनीसँग हालै अख्तियारले बयान पनि लिएको थियो ।