‘मदन भण्डारी ४ श्रीमति भित्र्याउने सहकारी ठग’

‘मदन भण्डारी ४ श्रीमति भित्र्याउने सहकारी ठग’


ग्लोब नेपाल
2.8k
Shares

काठमाडौं । स्वर्गीय मदन भण्डारी ४ वटा श्रीमति भित्र्याउने सहकारी ठग भएको खुलासा भएको छ । भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) को जगमा उभिएको नेकपा एमालेका अध्यक्ष केपी ओलीले यस्तो आरोप लगाएका हुन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा सक्रिय भएपछि जबजको आधिकारिकता आफूसँग रहेको बताएपछि जवाफमा अध्यक्ष ओलीले मदनविरुद्ध यस्तो आरोप लगाएको नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए ।

हिजो शनिबार आयोजित एउटा कार्यक्रममा अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीले तत्कालीन महासचिव मदन भण्डारीका ४ श्रीमति रहेको र सहकारी ठगेको आरोपबारे मुख खोलेका थिए । पूर्वराष्ट्रपति भण्डारीले जबजको सच्चा उत्तराधिकारी आफू भएको दाबी गरेपछि एमालेमा संकट गहिरिएको उनको भनाइ थियो । उनले भने, ‘‘एमालेभित्र अहिले वैचारिक, राजनीतिक र नेतृत्वको संकट देखिएको छ ।’

मदन भण्डारी फाउण्डेशनले भण्डारीको जन्मजयन्तीका अवसरमा गत १४ असारमा राजधानीमा कार्यक्रम आयोजना गरेको थियो । ओली उक्त कार्यक्रममा प्रमुख अतिथि थिए । सोही कार्यक्रमबाट पूर्वराष्ट्रपति भण्डारीले आफूले पार्टी सदस्यता नवीकरण गरिसकेकाले सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी थिइन् । भण्डारीभन्दा अघि बोलेर स्पेन उडेका प्रधानमन्त्री ओलीले मदनका ४ श्रीमती रहेको र सहकारी ठगीमा संलग्न रहेको जस्ता आरोप लागेको बताएका थिए ।