केन्या र जिम्बाब्वेका लागि गैरआवासीय राजदूत नियुक्त

केन्या र जिम्बाब्वेका लागि गैरआवासीय राजदूत नियुक्त



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत प्रा.डा. कपिलमान श्रेष्ठलाई गणतन्त्र केन्या र गणतन्त्र जिम्बाब्वेका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।

राष्ट्रपतिको कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा श्रेष्ठलाई नियुक्त गरेका हुन् ।