काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई वारेस राख्ने सुविधा दिन अस्वीकार गरेको छ ।
राजनीतिक कार्यक्रमका सिलसिलामा देशका विभिन्न स्थानमा पुग्नुपर्ने कारण देखाउँदै पूर्वप्रधानमन्त्री नेपालले विशेष अदालतमा वारेस राख्ने अनुमति माग्दै निवेदन दिएका थिए ।
तर, विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले वारेश राख्ने सुविधा दिन अस्वीकार गरेको हो । कुनै व्यक्तिले निश्चित कामका लागि आफ्नो अधिकार अर्को व्यक्तिलाई दिइ खटाएमा त्यसलाई वारेस भनिन्छ ।
अदालतमा मुद्दा प्रक्रियाका क्रममा सम्बन्धित व्यक्ति नियमित रूपमा उपस्थित हुन नसक्ने अवस्थामा अदालतले वारेस राख्न अनुमति दिने प्रचलन छ । तर अध्यक्ष नेपालका हकमा भने वारेसको सुविधा दिन अदालतले अस्वीकार गरेको हो ।


प्रतिक्रिया