नाइजेरियाको उत्तरी जाम्फारा राज्यको एउटा गाउँबाट गत मार्चमा अपहरण गरिएका ३८ जनाको सामुहिक हत्या गरिएको छ ।
ब्यान्डिट्स डकैत नामक आपाराधिक समुहले अपहरण गरेका ५४ जना मध्ये ३८ जनाको हत्या गरेको हो । अपहरण मुक्त गर्नका लागि सो समुहले मागेको फिरौती रकम उपलब्ध गराएको केही समयमा नै उनीहरुको हत्या गरेको हो ।
अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मार्चमा सो समुहले बांगा गाउँबाट ५६ जनालाई अपहरण गरेकोमा १८ जनालाई भने रिहा गरिएको छ । अपहरणमा परेकालाई रिहा गर्नका लागि प्रति ब्यक्ति १० लाख नाइरा अर्थात ४ हजार ८ सय ५० अमेरिकी डलर बराबरको रकम फिरौती माग गरिएको थियो ।
उनीहरु सबैलाई धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको बुझिएको छ । मारिएकाहरुको शव समेत नदिने भनिएपछि नाइजेरियाली सरकारले शव फिर्ता ल्याउने प्रयास जारी राखेको छ । नाइजेरियामा आपाराधिक गतिबिधि रोक्नका लागि सन् २०२२ मा कसैलाई अपहरण गरी फिरौती माग गरेमा कम्तीमा १५ वर्षको जेल सजाय तोक्ने कानुन परिमार्जन गरिएता पनि हालसम्म कसैलाई पक्राउ गर्न नसक्दा नाइजेरियाली सरकारको आलोचना हुने गरेको छ ।
यता हत्या गरिएका परिवारजनमा भने रुवाबासी चलेको समाचारमा उल्लेख छ ।


प्रतिक्रिया