काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न देउवा बालुवाटार पुगेका हुन् ।
दुई नेताबीच मन्त्रिपरिषद् हेरफेरसहित समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले बताएकाे छ । सरकार गठनको एक वर्ष बितिसकेपछि मन्त्री हेरफेरको गृहकार्य थालिएको हाे ।
प्रधानमन्त्री ओलीले आफ्नै दलका कतिपय मन्त्रीसहित कांग्रेस र लोसपाका मन्त्रीहरू हेरफेरको मनस्थिति बनाइसकेको स्रोत बताएकाे छ ।


प्रतिक्रिया