एमाले र कांग्रेसका शीर्ष नेताबीच बालुवाटारमा छलफल

एमाले र कांग्रेसका शीर्ष नेताबीच बालुवाटारमा छलफल



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीचको छलफल अहिले जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट दुई दलका नेताहरुबीच छलफल चलिरहेको हो ।

छलफलमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारमा रहेका मन्त्री हेरफेर, बागमती प्रदेश सरकारमा देखिएको किचलोलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

छलफलमा प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी छन् । भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी रहेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकार गठनको एक वर्ष बितिसकेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर गर्न चाहेका छन् । त्यही विषयमा छलफल थालिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।