मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)

प्रधानमन्त्रीको भ्रमणदेखि नियुक्तिसम्म



काठमाडाैं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहिबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै साउन १२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्केमेनिस्तानको भ्रमणदेखि विभिन्न नियुक्ति गरेको छ । सरकारले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडककाे आपतकालीन पुन: स्थापनाकाे लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरकाे अनुदान सहायत स्वीकार गर्ने निर्णय निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए ।