बाढीका कारण दक्षिणी म्यान्मारमा १० हजारभन्दा बढी मानिस विस्थापित

बाढीका कारण दक्षिणी म्यान्मारमा १० हजारभन्दा बढी मानिस विस्थापित



काठमाडौं । म्यान्मारको कायिन राज्यको हपा–अन बस्तीमा बाढीका कारण १० हजारभन्दा धेरै मानिस विस्थापित भएका छन् ।

दुई हजार दुई सय ९८ घरपरिवारका १० हजार तीन सय ९५ जनालाई २४ अस्थायी उद्धार आश्रयमा सारिएको छ ।

ठूलो वर्षापछि थानल्विन नदी खतराको स्तरभन्दा माथि पुगेको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।

कायिन राज्य सरकारले दाताहरूसँगै आधारभूत खाद्यान्न आपूर्ति गरिरहेको छ भने स्वास्थ्य मन्त्रालयले उपचार सेवा दिइरहेको छ ।