वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणा गरेका ट्रम्पले १ अगस्टदेखि लागु हुने गरी थप करको घोषणा गरेका हुन् ।
ह्वाइट हाउसले दर्जनौँ देशमा नयाँ करको घोषणा गरेको छ । यस अघि ट्रम्पले अप्रिल महिनामा नै धेरै देशको सामानमा थप करको घोषणा गर्दै हलचल मच्चाएका थिए । चर्को करको घोषणापछि विभिन्न देशले अमेरिकासँग वार्ता गर्दै राष्ट्रपति ट्रम्प यो घोषणाबाट टाढा भएका थिए । यसरी अमेरिकासँग व्यापारिक सम्झौता गर्नेमा युरोपेली युनियन र बेलायतसम्म रहे ।
संसारका धेरै देशका नेताहरूले अमेरिकासँगको वार्ताको विषयमा जानकारी दिन थालेका छन् । स्विजरल्यान्डकी राष्ट्रपति कारिन केजन सटरले करको विषयमा अमेरिकासँग कुनै सहमति र वार्ता नभएको जानकारी दिएकी छिन् । उनले सामाजिक सञ्जालमा अन्तिम समयमा ट्रम्पसँग फोन वार्ता भए पनि कुनै सम्झौता नभएको जानकारी दिएकी छिन् ।
अप्रिल १ को स्वतन्त्रताको दिन ट्रम्पले स्विजरल्यान्डको सामानमा ३१ प्रतिशत करको घोषणा गरेका थिए । यस विषयमा अमेरिकासँग सहमति हुने कुरामा स्विजरल्यान्ड आशावादी रहेको छ ।
रुससँग तेल र हतियार खरिद गरेको भन्दै अमेरिकाले भारतीय समानमा २५ प्रतिशत कर लगाएको छ ।


प्रतिक्रिया