काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक अहिले जारी छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको हाे ।
बैठकमा माओवादीको आन्तरिक एकता, आउँदो केन्द्रीय समितिको मिति तय, वामपन्थी एकताका लागि प्रस्ताव अगाडि बढाउनेलगायतका एजेन्डामा छलफल हुँदैछ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एजेन्डा पेश गरेका छन् ।
पार्टी अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच विवाद बढ्दै गएकाले असन्तुष्ट पक्षले उठाउँदै आएका विषयमा पनि बैठकमा गम्भीर छलफल हुने केन्द्रीय कार्यालयले जनाएको छ ।


प्रतिक्रिया