काठमाडौं । नेकपा (माओवादी केन्द्र)की समानुपातिक सांसद छिरिङ ल्हामु लामाले पूर्वनवयुवराज हृदयन्द्र शाहलाई भोटे कुकुरको छाउरासँग गरिन् तुलना गरेकी छन् ।
हाल पूर्वनवयुवराज शाहले जुम्लाको भ्रमण गर्दा बनाएकाे एउटा भ्लगले चर्चा पाइरहेको छ । सबैले यो भ्लगको प्रशंसा गरिरहँदा जुम्लाकी माओवादी सांसद लामाले भने तल्लाेस्तरकाे टिप्पणी गरेकी छन् ।
फेसबुकमा लामो स्टाटस लेख्दै उनले जुम्लाको भूमिमा फेरि अपवित्र षड्यन्त्रको रचना भइरहेको दाबी गरेकी छन् ।
उनी लेख्छिन्, ‘राजतन्त्रमा सामन्ती राजाका धेरै पुस्ताले नेपाली जनतामाथि दोहान गरेको छ । अहिले उनका नातिले एउटा स्टन्टका लागि बनाएको एउटा भिडियोले मात्रै त्यो दोहन गरेको रिन चुक्ता हुन सक्दैन । उनी जस्तो सयौं पुस्ताले देश र जनताको सेवा गरिहाले पनि राज्य र जनता माथि गरेको शोषण, दमन र अत्याचारको भार चुक्ता गर्न सक्दैन ।’
अशिष्ट शब्दहरू प्रयोग गर्दै उनले हृदयन्द्रमाथि गालीगलौजगौजसमेत गरेकी छन् ।
सांसद लामाले लेख्छिन्, ‘उसको पूरै वंश जिजुबाजेहरूले देशलाई कंगाल हुने गरी लुटेर दरबारमा थुपारेको धनले विदेशमा ऐसआरामले बिलासी जीवन बिताइरहेको भोटे कुकुरको छाउरा हुर्केझै गरेर हुर्काएको साँढे प्रवृत्ति जस्तैले जुम्ला चिनाउन पर्छ र ?’
हृदयन्द्रको भिडिओलाई मिडियाले समाचार बनाएकोप्रति पनि उनको आपत्ति छ ।
लामाको स्टाटस :


प्रतिक्रिया