जातीय संकीर्णताले समाज र देश परिवर्तन हुन सक्दैन : देउवा

जातीय संकीर्णताले समाज र देश परिवर्तन हुन सक्दैन : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल विविधताले भरिएको देश भएको र यहाँ सबै जातजाति, भाषाभाषीहरुको उच्च सम्मान हुनुपर्ने बताए । जातको आधारमा नभई समावेशी सोच र साझा भविष्यको बाटोमा अघि बढ्न आवश्यक रहेको बताए ।

सभापति देउवाले सबैलाई साथमा लिएर अघि बढ्न सक्ने नेतृत्व आवश्यक हुने भन्दै जातीय सङ्कीर्णताले समाज र देश परिवर्तन गर्न नसक्ने बताए ।

उनले सबै नागरिकलाई समान व्यवहार प्राप्त हुनुपर्ने बताए ।