काठमाडौं । तनहुँको आँबुखैरेनीनजिकै ऐना पहरामा यात्रुवहाक गाडी दुर्घटना भएको छ । आइतबार सवा ४ बजेतिर आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहरानजिकै बस सडकबाट तल खसेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार बस गोरखाबाट नारायणगढ जाँदै थियो ।
बा २ ख १०७७ नम्बरको बस दुर्घटनामा परेको हाे । उद्धारका लागि सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं. २३ मनकामना गण तनहुँबाट टोली खटिएको छ ।
क्षति विवरण आइसकेको छैन ।


प्रतिक्रिया