पार्टी निर्माणमा प्रश्न उठाए बापत के सजाय भोग्नुपर्छ तयार छु : जनार्दन

पार्टी निर्माणमा प्रश्न उठाए बापत के सजाय भोग्नुपर्छ तयार छु : जनार्दन



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी निर्माणमा आफूले पार्टी निर्माणकाे प्रश्न उठाए बापत के सजाय भोग्नुपर्ने हो त्यो भोग्न तयार रहेको बताएका छन् ।

आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकमा आफ्नो धारणा राख्दै शर्माले आफूले पार्टी निर्माणको कुरा उठाउँदा विभाजनको दुष्प्रचार गर्ने काम भएको बताए । उनले आफूले सार्वजनिक रूपमा यो कुरा उठाउँदा पार्टीकै अरू नेताहरूले भित्रभित्रै पार्टी बन्दै बन्दैन भन्दै हिँडिरहेको समेत बताए ।

‘मैले पार्टी निर्माणका लागि सबैका सामु प्रश्न उठाएँ, अरूले भित्र–भित्रै यो पार्टी बन्दै–बन्दैन भन्दै हिँडेका छन् । तर पार्टी निर्माणमा मैले प्रश्न उठाएबापत के सजाय भोग्नुपर्छ म तयार छु । पार्टी फुट्छ भन्ने दुष्प्रचार खारेज गर्छु। जति धकेल्न खोजेपनि म पार्टीमा अडिइरहन्छु’, उनले भने, ‘३१ लाख बाट ११ लाख मत झार्न मेरो कमजोरी छ भने म आत्मालोचना गर्न तयार छु । हैन भने तत् तत् ठाउँबाट आत्मालोचना गर्न आवश्यक छ ।’

उनले पार्टीलाइ आउने ३१ लाख मत ११ लाखमा आइपुग्नुका पछाडिको कारण र दायित्वकाे जिम्मा लिन पर्ने र आत्मालोचना पनि गर्न पर्ने बताएका छन् ।

उनले अभियानमा अध्यक्षले गुटका दृष्टिकोणले कार्य विभाजन गरेकाे, एकताबाट आएका र अन्य सिनियरहरूलाई ह्यूमिलेट गरेकाे, विभेदकारी र पूर्वाग्रही कार्य विभाजन भएकाे आराेप लगाएका छन् ।