काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसबाट आज एक जना मात्रै मन्त्री बन्ने भएका छन् । इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारमा कांग्रेसबाट आज धादिङका शिवराज अधिकारी मन्त्री बन्ने निस्चित भएकाे हाे ।
उनको मन्त्रालय भने पछि तोक्ने गरी कांग्रेसले मन्त्रीको तयारीका लागि प्रक्रिया अगाडि बढाएको छ । अधिकारी कांग्रेसबाट समानुपातिक तर्फ खसआर्य कोटामा प्रदेशसभा सदस्य भएका हुन् ।
उनलाई आज बानियाँलाई मुख्यमन्त्रीमा नियुक्तिपछि सँगै शपथ ग्रहण गराउने तयारी गरिएको छ । यस्तै एमालेका ६ जना मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिने तयारी छ ।
एमालेले भागमा पाएको छवटा मन्त्रालयमा भने उक्त पार्टीलर् मन्त्री टुङ्ग्याइसकेको छ । एमालेबाट वन तथा वातावरण मन्त्रीमा भरतबहादुर केसी, कृषि तथा पशुपक्षी विकास मन्त्रीमा मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्रीमा डा. दिनेशचन्द्र देवकोटा, श्रम रोजगार तथा यातायात मन्त्रीमा जयराम थापा, स्वास्थ्य मन्त्रीमा किरण थापा र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रीमा विन्दु श्रेष्ठलाई जिम्मेवारी दिने तयारी गरेको छ ।
कांग्रेसको भागमा परेको मुख्यमन्त्रीबाहेक ७ वटा मन्त्रालयको जिम्मेवारी भने पार्टीभित्र भागबण्डा नमिलेका कारण आज सबै मन्त्रीको टुंगो लाग्न नसकेको हो ।


प्रतिक्रिया