काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १ दशमलव ९४ अङ्कले घट्दै २८३२.०६ विन्दुमा झरेको छ। हिजो उच्च गिरावट आएको बजार आज केही स्थिर देखिएको छ।
आजको कारोबारमा लगानी, म्युचुअल फन्ड, अन्यबाहेक सबै समूहको शेयर सामान्य गिरावटमा रहेका छन् भने माइक्रोफाइनान्स समूहको शेयर १.४१ प्रतिशतले बढेको छ।
कम्पनीगत हिसाबमा हेर्दा, थ्री स्टार हाइड्रोपावरको शेयरमा ३.७८ प्रतिशत गिरावट आएको छ। यद्यपि, बजार सामान्य घट्दा पनि विन नेपाल लघुवित्त, माहुली लघुवित्त, र ट्रेड टावर कम्पनीको शेयरमा १० प्रतिशतले उछाल आएको छ।
कारोबार रकममा पनि गिरावट देखिएको छ। हिजो ९ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने आज ३२० कम्पनीका २ करोड १६ लाख कित्ता शेयर ७ अर्ब ६३ करोड रुपैयाँमा किनबेच भएका छन्। कारोबार रकम अघिल्लो सोमवारदेखि क्रमशः घट्दो क्रममा छ।
सेयर बजार पूँजीकरण पनि घटेको छ। केही दिनअघि ५० खर्ब नाघेको बजार पूँजीकरण अहिले घटेर ४७ खर्ब रुपैयाँमा झरेको छ।


प्रतिक्रिया