प्रधानमन्त्री ओलीसँग अध्यक्ष लिक्वानको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग अध्यक्ष लिक्वानको शिष्टाचार भेट



तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैँकका अध्यक्ष जिन लिक्वानले आज शिष्टाचार भेट गरेका छन् ।

तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उनीहरूबिच ‘साइडलाइन’ भेट भएको हो ।