संसद्‌भित्रै अनशन बस्ने माओवादी सांसदको चेतावनी

संसद्‌भित्रै अनशन बस्ने माओवादी सांसदको चेतावनी



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले संसद्‌भित्रै अनशन बस्ने चेतावनी दिएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले हुलाकी राजमार्गको कटहरीखण्ड निर्माणको १० वर्ष हुन लाग्दा समेत सम्पन्न नगरिएको बताए । यो विषयमा सभामुख देवराज घिमिरेबाट ‘रुलिङ’ नभए संसद्‌मै अनशन बस्ने उनले चेतावनी दिएका हुन् ।

उनले आफूले पटक–पटक सदनमा उठाएको विषयमा सरकारले कुनै चासो नदिएको उल्लेख गरे । कटहरीखण्डको सडकमा नै जनताले धान रोपाइँ गर्न थालेको उनले बताए ।

सांसद मोदीले सरकारको ध्यान भ्रष्टाचार ‘कमिसन’मा मात्र केन्द्रित भएको आरोप लगाए ।