काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टीको पूर्ववत् जिम्मेवारीमा फर्किने मागसहित दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । योसँगै रास्वपामा फर्किने ढकालको वैधानिक बाटो बन्द भएको हाे ।
सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले मंगलबार रिट खारेज गरेको हो ।
पार्टीले कारबाही गरेपछि पनि निर्वाचन आयोगले रास्वपाको पदाधिकारीमा भएको हेरफेर अद्यावधिक गरेको छैन । सोही विषयमा टेकेर ढकाल सर्वोच्च पुगेका थिए । रिटमा उनले रास्वपाको महामन्त्री अहिले पनि आफू नै रहेको जिकिर गरेका थिए ।


प्रतिक्रिया