सिड्नी । नेपाल आदिवासी जनजाति मञ्च अष्ट्रेलिया (निन्फा) ले नेपालबाट आएका विश्वभक्त दुलाल (आहुती) सँग सामसामयिक विषयमा शनिबार अन्तरक्रिया गर्ने भएको छ । दिउँसो १ बजे आयोजना भएको उक्त कार्यक्रम सिड्नी बारडेनको सेन्ट एरेनक्लिफमा रहेको कोरोनेशन हलमा आयोजना हुनेछ ।
निन्फाले आइतबार साँझ पिटर्सह्याम टाउन हलमा अन्तर्राष्ट्रिय आदिवासी दिवस भव्यताका साथ मनाएको थियो । विश्व जनजाति दिवसको अवसरमा निन्फाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आहुती अष्ट्रेलिया पुगेका हुन् ।
निन्फाका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार नेपाली समाजबारे ज्ञान हासिल गरेका आहुतीसँग शनिबार समसामयिक विषयमा अन्तरक्रिया गर्न लागिएको हो ।


प्रतिक्रिया