भदौ १५ सम्म प्रतिनिधिसभाको ३ वटा बैठक बस्ने

भदौ १५ सम्म प्रतिनिधिसभाको ३ वटा बैठक बस्ने



काठमाडौं । प्रतिनिधिसभाको बैठक भदौ १५ गतेसम्म तीन दिन मात्रै बस्ने भएको छ । आज सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूबीचको बैठकले बैठक बस्ने क्यालेन्डर तय गरेको हो ।

प्रतिनिधि सभाको बैठक ४, ५ र ६ गते बस्ने तय भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए । उनका अनुसार बैठकमा आगामी दिनको संसद् कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल केन्द्रित थियो ।

उनले भने, ‘भदौको ४, ५ र ६ गते सभा सञ्चालन हुन्छ । त्यसपछि केही पर्वहरू परेकाले १५ पछि गर्ने कुरा भएको छ । ४ गते बैठक बस्नुअघि कार्य व्यवस्था परामर्श समितिको बैठक पनि बस्छ ।’