काठमाडौं । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ललितपुरको नख्खु कारागारमा सारिने भएको छ ।
कारागार व्यवस्थापन विभागले लामिछानेको माग अनुसार नै नख्खु कारागारमा स्थानान्तरणका गर्न रुपन्देही कारागारलाई पत्र लेखेको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए ।
सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि हाल रूपन्देही कारागारमा थुनामा छन् ।
अँध्यारो कोठामा मानव अधिकारका न्यूनतम मापदण्ड पनि पालना नगरेर राखिएको दाबीसहितका समाचार बाहिरिएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले साउन २६ मा रूपन्देही कारागारको अनुगमन गरेको थियो ।
आयोगको टोलीले रूपन्देही कारागारको अवस्था दयनीय रहेको निष्कर्ष निकालेको थियो । अदालतबाट आदेश हुँदासमेत लामिछानेलाई स्थानान्तरण नगरिएको पाइएको आयोगले अनुगमनका क्रममा बताएको थियो ।


प्रतिक्रिया