काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागार पुर्याइएको छ । लामिछानेलाई लुकाएर नेपाल आयल निगमको बाटो हुँदै विमानस्थलबाट बाहिर निकालिएको थियो ।
रास्वपाका कार्यकर्ताहरू विमानस्थलमा भेला भएर उनको आगमन हेर्न पुगेका थिए। लामिछानेलाई सुरक्षित रूपमा स्थानान्तरण गर्न प्रशासनले उनीहरूलाई छक्याएर गोप्य मार्ग अपनाएर सिधै नख्खु पुर्याइएको हो ।
बुद्ध एयरको ३ः१० को फ्लाइटमा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय ल्याइएको थियो । उनको स्वागतमा नख्खु कारागारमा पार्टीका सांसद, नेता तथा समर्थकहरू पुगेका छन् । उनीहरूले नख्खु कारागार परिसरमा लामिछानेको पक्षमा प्रतिशोध भएको भन्दै नाराबाजी गरिरहेका छन् ।


प्रतिक्रिया