काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले विजयी शुरुआत गरेको छ । गएराति भएको खेलमा सिटीले उल्भ्सलाई ४ गोलले हरायो । जीतसँगै सिटीले तीन अङ्क जोडेको छ ।
त्यस्तै अरू खेलमा टोटनहम हट्सपरले बर्नलीलाई र सन्डरल्यान्डले वेस्ट ह्यामलाई हराउँदै विजयी शुरुआत गरेका छन् । टोटनहमले बर्नलीलाई ३–० र सन्डरल्यान्डले वेस्ट ह्यामलाई पनि ३–० गोलले नै हरायो ।
ब्राइटन र फुलहमले १-१ तथा एस्टन भिल्ला र न्युक्यासलले गोलरहित बराबरी खेले । प्रिमियर लिगको यो सिजनको पहिलो खेलमा शुक्रवार साविक उपाधि विजेता लिभरपुलले बर्नमाउथलाई ४–२ ले गोल हराएको थियो ।


प्रतिक्रिया