सार्वजनिकस्थलमा धूम्रपान गर्नेहरूलाई महानगरले सुरु गर्यो ५०० रुपैयाँ जरिवाना

सार्वजनिकस्थलमा धूम्रपान गर्नेहरूलाई महानगरले सुरु गर्यो ५०० रुपैयाँ जरिवाना



काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिकस्थलमा धूम्रपान गर्ने व्यक्तिहरूलाई प्रतिव्यक्ति ५०० रुपैयाँको जरिवाना तिराउन सुरु गरेको छ।

महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार, भदौ १ गतेदेखि नियम लागू गरिएको हो।

पाण्डेले भने,
“हामीले सार्वजनिकस्थलमा धूम्रपान गर्नेहरूलाई प्रतिव्यक्ति ५०० का दरले जरिवाना तिराउन थालेका छौँ। जनचेतना फैलाउन चोकचोकमा ‘सार्वजनिक ठाउँमा धूम्रपान नगरौँ’ भन्ने प्लेट लिएर नगरप्रहरी टोली खटाइएको छ।”

उनले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ बमोजिम कारबाही सुरु गरिएको पनि जानकारी दिएका छन्।