दुर्गा प्रसाईंले छिट्टै पार्टी घोषणा गर्ने

दुर्गा प्रसाईंले छिट्टै पार्टी घोषणा गर्ने



काठमाडौं । दुर्गा प्रसाईंले छिट्टै आफ्नो पार्टी घोषणा गर्ने भनेका छन्। सोमबार निवासमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको नाम छिट्टै सार्वजनिक गर्ने बताएका छन्।

प्रसाईंले भने, “भगवान रामचन्द्र पनि सीता लिन जाँदा आफैँ जानुभएको थियो। राजाको भूमिका कस्तो रहन्छ, त्यसमा भर पर्छ। मैले यहाँसम्म गरेँ।” उनी राजनीतिमा नथाकेको बताएका छन् र अब व्यवस्थामा बसेर व्यवस्था विरोधी आन्दोलन हुने भनेका छन्।

प्रसाईंले थप भने, “राजालाई मैले भेट्दा पनि भनेको हुँ–सरकार हिजो फ्याक्न हिरासतमा पनि बस्यौँ। अब हामी ल्याउन तयार छौँ भनेको हो। राजा समाएको र छोडेको भन्ने हुँदैन। राजा र देउता आफ्नो ठाउँमा छन्।”

उनले राप्रपाभन्दा आफूहरु फरक हुने भनेका छन्।