न्यूयोर्क । एनआरएन अमेरिकाको अध्यक्षमा सतेन्द्र शाह निर्वाचित भएका छन् । सोमवार सम्पन्न निर्वाचनमा शाह आफ्ना तीन प्रतिष्पर्धीहरुलाई पराजित गर्दै आगामी दुई वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् ।
घोषित परिणाम अनुसार, शाहले ३ हजार २ सय २८ मत प्राप्त गरेर जित हासिल गरे । अन्य तीन प्रतिष्पर्धी मध्ये भानु खरेल २ हजार ५ सय ६ मतसहित दोश्रो, रामहरि अधिकारी २ हजार ६७ मतसहित तेश्रो र राज आचार्य १ सय ५ मतसहित चौथो भए । यसैगरी ४ सय १ मत तटस्थ रह्यो ।
एनआरएन एनसीसी अमेरिकाको यो निर्वाचनमा १३ हजार १ सय ७५ सदस्य मतदाता थिए । जसमध्ये ८ हजार ३ सय ३ जनाले अनलाईन प्रक्रियामार्फत मतदान गरेका थिए । जुन कूल ६३ दशमलव ०२ प्रतिशत मत हो ।
आइतबार शुरु भएको निर्वाचन सोमबार बिहान १० बजेसम्म जारी थियो ।
यो निर्वाचनमा शाह, खरेल र अधिकारी समूह बनाएर त्रिपक्षीय प्रतिष्पर्धामा थिए भने आचार्य अध्यक्षका लागि एकल रुपमा मैदानमा थिए । २१ सदस्यीय कार्य समितिका लागि भएको निर्वाचनमा शाह आफ्नो समूहको चार मध्ये दुई उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, युवा संयोजक, महिला संयोजक र बहुमत कार्य समिति सदस्य (बोर्ड अफ डाइरेक्टर) को नेतृत्वसहित निर्वाचित भएका छन् ।
निर्वाचन समितिका प्रमूख टुकप्रसाद रेग्मीले सार्वजनिक गरेको परिणाम अनुसार, वरिष्ठ उपाध्यक्ष पदमा सन्तोष पहारी ३ हजार ३ सय ८८ मतसहित विजयी भएका छन् । यसैगरी चार उपाध्यक्षहरुमा प्रदीप चौलागाईं २,८८२ मत, डा गंगाधर आचार्य २,८५८ मत, आंगछिरिंग शेर्पा २,७९४ मत र सुरेन्द्र लोडारी २,६८८ मत ल्याएर विजयी भएका छन् । महासचिवमा मोहन न्यौपाने ४ हजार १३ मतसहित विजयी भए ।
विजयी सम्पूर्ण पदाधिकारी र कार्य समितिका सदस्यहरुको प्राप्त मत विवरण यसप्रकार रहेको छ ।
अध्यक्षः
सतेन्द्र शाह- ३,२२८ विजयी
भानु खरेल- २,५०६
रामहरि अधिकारी- २,०६३
राज आचार्य- १०५
तटस्थ – ४०१
वरिष्ठ उपाध्यक्षः
सन्तोष पहारी- ३,३८८ मत
उपाध्यक्षः प्रदीप चौलागाईं- २,८८२
उपाध्यक्षः डा गंगाधर आचार्य- २,८५८
उपाध्यक्षः आंगछिरिंग शेर्पा- २,७९४
उपाध्यक्षः सुरेन्द्र लोडारी- २,६८८
महिला उपाध्यक्षः सुनीता खत्री- ३,४०३
युवा उपाध्यक्षः बिजय वाईबा- २,८२३
महासचिवः मोहन न्यौपाने- ४,०१३
सचिवः सूर्य बस्ताकोटी- २,६२३
कोषाध्यक्षः रबीन्द्र उप्रेती- ३,९४६
युवा संयोजकः संसार चौलागाईं- ३,९७१
महिला संयोजकः करिना कुँवर- ४,३६८
बोर्ड अफ डाईरेक्टरहरु
- सन्तोष लम्साल- ४,३९६
- माधव गौतम- ४,१४१
- बावुराम काफ्ले- ३,७६१
- ध्रुब गौतम- ३,७२१
- राजु शाह- ३,५४६
- इन्द्रकान्त चौधरी- ३,३९२
- ओम बिके- ३,३०९
- हेम ठकुल्ला- ३,२३१




प्रतिक्रिया