सांसदहरूलाई उपत्यका नछाड्न एमालेकाे निर्देशन

सांसदहरूलाई उपत्यका नछाड्न एमालेकाे निर्देशन



काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आफ्ना सांसदहरूलाई उपत्यका नछाड्न सूचना पठाएको छ ।

मंगलबार सांसदहरूलाई मोबाइलमा मेसेज पठाउँदै एमालेले तत्काल उपत्यका बाहिरका कार्यक्रममा नजान भनेको हो ।

एक सांसदका अनुसार, उपत्यका बाहिर भएका सांसदहरूलाई फर्कन र उपत्यकामै भएका सांसदहरूलाई कहीँ नजान भन्दै एसएमएसमार्फत जानकारी आएको हो ।

एमाले कांग्रेसले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारीस्वरुप हस्ताक्षर संकलन गरिरहेको छ । कांग्रेसभित्रकै इतर समूहका सांसदहरूले भने अहिलेसम्म हस्ताक्षर गरेका छैनन् ।

उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ ।

उपसभामुख राना अहिले अमेरिका भ्रमणमा रहेकी छन् ।