उपसभामुखलाई हटाउने प्रयास असफल पार्न केन्द्रित हुने विपक्षी दलको निर्णय

उपसभामुखलाई हटाउने प्रयास असफल पार्न केन्द्रित हुने विपक्षी दलको निर्णय



काठमाडौं । विपक्षी दलको बैठकले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने सत्तापक्षले गरेको तयारी असफल पार्न केन्द्रित हुने निष्कर्ष निकालेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राखेको बैठकले उपसभामुखलाई हटाउने प्रयोजनका लागि एमाले र कांग्रेसले खाली कागजमा हस्ताक्षर अभियान चलाएपछि विपक्षी दलको बैठक बसेको थियो ।

बैठकपछि माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यो घटनाले निरंकुशता र दुराशयलाई नाङ्गो पारेको भन्दै लोकतन्त्रको धज्जी उडाएको बताए ।

सरकारको यस्ता कदमहरूले देशलाई गम्भीर नकारात्मक दिशामा धकेलिरहेको र सङ्कटग्रस्त बनाउँदै लगेको बैठकले निष्कर्ष निकालेको उनको भनाइ छ ।

बैठकले सरकारमा रहेका पार्टीहरूले चालेको कदमको भर्त्सना गर्दै यसलाई असफल पार्न सम्बन्धित सबैलाई आव्हान गर्ने निर्णय गरेको छ ।