जसपा नेपालका तीन सांसदसहित डेढ दर्जन बढी नेता कार्यकर्ता पक्राउ

जसपा नेपालका तीन सांसदसहित डेढ दर्जन बढी नेता कार्यकर्ता पक्राउ



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले रौतहटको गौर हत्याकाण्डको विषयलाई लिएर सर्वोच्च अदालतले गरेको आदेशविरुद्ध मंगलबार काठमाडौंको बबरमहलमा मसाज जुलुस निकोलेको छ ।

सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै जसपा नेपालले मसाल जुलुस निकालेको थियो । सोही अवस्थामा तीन सांसदसहित डेढ दर्जन बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सर्वोच्च अदालतले २०६३ सालमा रौतहटको गौरमा भएको २७ माओवादी कार्यकर्ताको हत्याको अनुसन्धान अघि बढाउन परमादेश जारी गरेसँगै तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष तथा हाल जसपा अध्यक्ष उपेन्द्र यादवमाथि पनि अनुसन्धान हुने भएकाे छ ।