काठमाडौं । भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गरेकी हुन् ।
यो विधेयकमा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने फरकमत राखेको छ ।
विधेयकमा प्रचलित कानूनबमोजिम घरजग्गा व्यवसाय गर्न अनुमति प्राप्त कम्पनीहरुले हदभित्रको जग्गा बिकास गरि घडेरीमा घर वा अपार्टमेन्ट निर्माण गरि बिक्रि गर्न सक्ने व्यवस्था उल्लेख गरिएको उनले बताए ।
त्यस्तै, भूमिहिन, सुकुम्वासी, अव्यवस्थीत बसोवासीलाई व्यवस्थीत गर्नसमेत कानूनी व्यवस्थाका साथ विधेयकलाई अघि बढाइएको सभापति थापाले जानकारी दिए ।


प्रतिक्रिया