स्पेसएक्सद्वारा २४ वटा स्टारलिङ्क स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

स्पेसएक्सद्वारा २४ वटा स्टारलिङ्क स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण



काठमाडौं । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले २४ वटा स्टारलिङ्क स्याटेलाइटहरू कक्षमा पठाएको छ ।

स्पेसएक्सका अनुसार यी स्याटेलाइटहरू ‘फाल्कन–९’ रकेटमार्फत क्यालिफोर्नियाको भ्याण्डेनबर्ग स्पेस फोर्स बेसबाट स्थानीय समयानुसार शुक्रवार बिहान १० बजेर ४ मिनेटमा सफलतापूर्वक प्रक्षेपण गरिएको हो ।

‘फाल्कन–९’ पुनः प्रयोग गर्न मिल्ने रकेट हो जसलाई अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले कृत्रिम उपग्रह प्रक्षेपण, अन्तरिक्षयान पठाउने र अन्तरिक्षयात्रीहरूको ढुवानीका लागि विकास गरेको हो ।

यो रकेटलाई पृथ्वीको कक्ष र त्यसभन्दा परका गन्तव्यहरूमा उपयोगी सामग्री पुर्‍याउन प्रयोग गरिन्छ । यसको मुख्य विशेषता भनेको यसको पहिलो भागलाई सफलतापूर्वक पृथ्वीमा पुनः अवतरण गराई फेरि प्रयोग गर्न सकिने प्रविधि हो जसले प्रक्षेपण लागत उल्लेख्य रूपमा घटाउने काम गरेको छ ।

स्पेसएक्सका अनुसार स्टारलिङ्क परियोजनाले अहिलेसम्म इन्टरनेट पहुँच नपुगेका तथा पुगेर पनि अस्थिर र महँगो भएको ठाउँमा उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।