काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ । आइतबार दिउँसो २ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्नेगरी पार्टी अध्यक्ष पुष्पकमल दाहालले बोलाइएका हुन् ।
स्थानीय समितिले गरेको निर्णय कार्यान्वयन, एकतामा जोडिएका नेताहरूको जिम्मेवारी, स्थगित भएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन, समसामयिक राजनीति लगायत विषयमा छलफल हुने बताइएको छ ।


प्रतिक्रिया