एमालेले निकाले पनि भीम रावल देशभक्त नेता हो : झलनाथ खनाल

एमालेले निकाले पनि भीम रावल देशभक्त नेता हो : झलनाथ खनाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेले निष्कासित गरेका नेता भीम रावल देशभक्त नेता भएको बताएका छन् ।

नेपाली विशेषताको समाजवाद विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले नेता रावल अहिले पनि देशभक्तिको पक्षमा लडिरहेको बताए ।

उनले भने, ‘कमरेड भीम रावल उहाँलाई एउटा पार्टीले निष्कासित समेत गर्‍यो, अनुशासनको कारबाही गरेर, तर उहाँ देशभक्त हो । देशभक्तिको निम्ति उहाँ निरन्तर लडिराख्नुभएको छ । एमसीसीको बारेमा उहाँले पनि सहभागी भएर हामीलाई सहयोग गर्नुभयो । उहाँलाई बधाई र धन्यवाद दिन्छु ।’