काठमाडौं । ‘सन्तोष राजावादी’ भनिने सन्तोषकुमार सिलवाल माइतीघर मण्डलाबाट पक्राउ परेका छन् ।
प्रदर्शनका क्रममा गोरखापत्र जलाउन खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनले गोरखापत्रले तीजबारे अनावश्यक प्रचार गरेको आरोप लगाएका छन् ।
आजको गोरखापत्र दैनिकमा ‘निराहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शीर्षकमा समाचार प्रकाशित छ ।
उनी १५ चैतमा पनि तीनकुनेमा अराजकता निम्त्याएको आरोपमा पक्राउ परेर छुटेका थिए ।


प्रतिक्रिया