काठमाडौं । देशको एक मात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशाला फेरि अन्तर्राष्ट्रिय खेलका लागि अयोग्य भएको छ ।
एसियन फुटबल महासंघ (एएफसी)ले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्डमा नपुगेको ठहर गर्दै एसियन कप छनोटअन्तर्गतका खेल आयोजना गर्न अस्वीकार गरेको हो । एएफसीका सहमहासचिव सिनमान गिलको नेतृत्वमा गत १० अगस्टमा निरीक्षण टोली रंगशालामा पुगेको थियो ।
सो टोलीले एन्फालाई अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको प्रतिवेदन बुझाएको हो ।
एएफसीले बुझाएको प्रतिवेदनले संरचना अत्यधिक पुरानो र जोखिमपूर्ण, फ्लडलाइट अन्तर्राष्ट्रियस्तरमै अपुग, मैदान असमान, पानी निकास समस्या, प्यारापिटमा सिट नम्बर नै नभएको, भीभीआईपी, मिडिया र दर्शकलाई एउटै बाटो लगायतकाे समस्या देखाएकाे छ ।


प्रतिक्रिया