रास्वपा नेता अरनिको पाँडे प्रहरी नियन्त्रणमा

रास्वपा नेता अरनिको पाँडे प्रहरी नियन्त्रणमा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रास्वपाका केन्द्रीय सदस्य पाँडे साइबर अपराध सम्बन्धी उजुरीका आधारमा पक्राउ परेका हुन् ।

साइबर ब्युरोका अनुसार एक महिलाले पाँडेविरूद्ध सामाजिक सञ्जालमार्फत आफूलाई अपशब्द प्रयोग गरेको भन्दै जाहेरी दिएकी थिइन् ।

जाहेरी दर्ता भएपछि पाँडे बुधबार आफै साइबर ब्युरो, काठमाडौंमा उपस्थित भएका हुन् ।

पाँडेलाई बुधबार नै म्याद थप गर्ने तयारी गरिए पनि समय ढिलाइ भएकाले म्याद थप्ने प्रक्रिया बिहीबार मात्र हुने भएको छ ।

पाँडे राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत हुन् ।