काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दोस्रो विधान महाधिवेशनलाई भव्यतापूर्वक सम्पन्न गर्नका सबै उपसमितीहरुलाई सक्रियतापूर्वक तयारी गर्न निर्देशन दिएका छन् । उनले सबै उपसमितीलाई तयारीलाई तीव्र पार्न समेत निर्देशन दिएका छन् ।
महाधिवेशन व्यवस्थापन समितीको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले विधान महाधिवेशनको मूल नारा तय भइसकेकोले अब त्यसकै आधारमा प्रचार प्रसारको कामलाई व्यापक बनाउन पनि निर्देशन दिएका हुन् ।
पार्टी स्थायी कमिटी सदस्य एवं पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आठवटै उपसमितीका प्रमुखहरुले आफ्नो आफ्नो तयारीका बारेमा रिर्पोटिङ गरेका थिए ।


प्रतिक्रिया