मधेशका पूर्व प्रदेश प्रमुख अहिराजको मुद्दामा जिल्लाकै सदर

मधेशका पूर्व प्रदेश प्रमुख अहिराजको मुद्दामा जिल्लाकै सदर



काठमाडौं । उच्च अदालत पाटनले मधेश प्रदेश सरकारका पूर्वप्रदेश प्रमुख राजेश झा अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको छ ।

मुख्यन्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको हिजोको इजलासले थुनामा पठाउने जिल्लाकै आदेशलाई सदर गरेको उच्च अदालत पाटनका रजिस्ट्रार श्रीलाल पौडेलले जानकारी दिए ।

झाविरुद्ध एक महिलाले २०८१ सालको जेठ ४ गते आफ्नै डेरामा बलात्कार गरेको आरोपमा परेको मुद्दामा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अदालतको आदेशसँगै झालाई पुर्पक्षका लागि डिल्लीबजार कारागारमा राखिएको छ ।

जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध झाले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । त्यही निवेदनमाथिको सुनुवाइपछि जिल्लाकै आदेश सदर भएको हो ।