संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन रास्वपाले बहिस्कार गर्ने

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन रास्वपाले बहिस्कार गर्ने


ग्लोब नेपाल
351
Shares

काठमाडौं । आज दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गर्ने सम्बोधन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहिष्कार गर्ने भएको छ । रास्वपा प्रमुख सचेतक सन्तोष परियारले आफ्नो दलले बैठक बहिस्कार गर्ने बताएका हुन् ।

भिजिट भिसा प्रकरण छानबिनका उच्चस्तरीय समिति गठनको माग राखेर रास्वपाले यसअघि पनि लगातार बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रधानमन्त्री ओली चीन भ्रमण जानु एक दिनअघि संसदलाई सम्बोधन गर्न लागेका हुन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोध गर्ने तय भएको संघीय संसद सचिवालयले जनाएको छ ।

आफ्नो चीन भ्रमण तथा समसायमिक विषयमा सदनलाई अवगत गराउन उनले सम्बधोन गर्न लागेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।